काठमाण्डु – राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ दिएको छ । बिहीबार सर्वोच्च अदालतलाई पठाइएको उक्त जवाफमा राष्ट्रपतिले संविधानको धारा ७६ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न सक्ने बताइएको छ । ‘धारा ७६ को उपधारा (५) मा उल्लेख भए बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकिन गर्ने अधिकार र कर्तव्य स्वयं…