काठमाण्डुः नेकपा एमालेले दीपक निरौलालाई वाग्मती प्रदेशको मुख्य सचेतकमा नियुक्त गरेको छ । तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि उक्त पदमा निरौलालाई मनोनयन गरिएको हो । दलका नेता एवम वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई सचेतकमा नियुक्त गरिएको…