सम्पति विवरण सार्वजनिक गर्दै स्वास्थ्यमन्त्रीले भनेः आज नै अन्तिम दिन भनेर काम गर्छु

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार भर्चुअल प्रेसमिटमार्फत मन्त्री तामाङले कोरोना भाइरस संक्रमणबाट नागरिकलाई बचाउन सबै दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘मान्छे बाँच्ने कुरा सबैभन्दा ठूलो कुरा हो । नागरिकलाई बचाउन सबै भूमिका र दायित्व हामी पूरा गर्ने…