सरकार ढाल्ने खेल जनताका लागि ठूलो दुर्भाग्यः उपप्रधानमन्त्री पोखरेल

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रिनुपर्ने बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै जनताले सही र गलत क्रियाकलाप छुट्याएर यस्ता गलत क्रियाकलापविरुद्ध प्रतिकारमा उत्रिनुपर्ने बताएका हुन् । उनले निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए…