काठमाण्डु – कर्णाली प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत नपाउने भएपछि कर्णालीमा नयाँ सरकार बन्ने भएको हो । संसदमा १३ सिट रहेको माओवादी केन्द्रले एक जना सांसदलाई कारबाही गरेपछि अहिले १२ सिटमा सिमित भएको छ । एमालेमा लागेका माओवादी केन्द्रका प्रदेश सांसद धर्मराज रेग्मीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…