प्रचण्डमाथि प्रधानमन्त्रीको आक्रोशः सरकार कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको हल्ला चलाएको बताएका छन् । बुधबार काठमाण्डुमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डतर्फ संकेत गर्दै आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् । ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन…