रुपन्देही – ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रले सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् । गृहजिल्ला अर्घाखाँचीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको अर्थ नभएको बताएका हुन् । ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, अनि सडकमा रोइ कराइ गर्ने ?’…