काठमाण्डु – नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग ल्याउन सहमत भएको छ । शुक्रबार बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले साथ दिएको भन्दै महाअभियोग लगाउने निर्णय गरेको हो । माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेर राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सहमति भएको नेता रमेश लेखकले जानकारी…