काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु गणतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको बताएका छन् । आज पत्रकार सम्मेलनमा उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भएको बताए । राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, ‘राजतन्त्रको प्रतिक राजा हुन्छ, गणतन्त्रको प्रतिक राष्ट्रपति ,…