काठमाण्डु – नेकपा एमालेका दोस्रो तहका नेताबीच चार घण्टा वार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल पक्षका चार जना नेताबीच ६ बजेबाट साँझ ८ बजेसम्म बालुवाटारमा भेटवार्ता भएको हो । पार्टीलाई कसरी एक ढिक्का बनाउने, आगामी वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने, नेपाल पक्षका मागका विषयमा छलफल भए पनि…