बादल र देवकोटाको काउण्टरमा नेमकिपाले दियो राष्ट्रियसभामा उम्मेद्वारी

काठमाण्डु – राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएको छ । आगामी जेठ ६ गतेको राष्ट्रियसभाको उपनिर्वाचनमा नेमकिपाका नेता कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका हुन् । उनले हेटौंडास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र प्रदेश सांसद सिर्जना सैंजु समर्थक रहेका…