मेस्सीको सनसनीपूर्ण प्रदर्शन र ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो

काठमाण्डु - फिफा विश्वकप २०२६को समूह ‘जे’को खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० ले पराजित गरेको छ । अमेरिकाको कान्सास सिटीस्थित जीईएचए फिल्ड एट एरोहेड स्टेडियममा बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेस्सीले सनसनीपूर्ण प्रदर्शन गरी ह्याट्रिक पूरा गर्दै जित निकालेका हुन्। आफ्नो छैटौं विश्वकप खेल्दै इतिहास रचेका मेस्सीले खेलको १७ औँ मिनेटमा पहिलो गोल…