गण्डकी सरकारबाट माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै

काठमाण्डु – गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले…