काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपाल केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा गरेका छन् । बिहीबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै नेता नेपालले केन्द्रमा अध्यक्षबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका हुन् । नेता नेपालले जिल्लामा संगठित हुन कार्यकर्तालाई निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिएका छन् ।…