‘सानदार भवन’ खोज्दै माधव नेपाल समूह

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर कार्यालय भवन खोजी गर्न थालेको छ । बुधबार युवा संघको समानान्तर कमिटीको कार्यालय उद्घाटनका क्रममा नेता नेपालले कार्यालय भवनको खोजी भइरहेको जानकारी दिएका हुन् । उनले सस्थापक एमालेको भवन भन्दा आफ्नो समूहको भवन सानदार हुने बताए । ‘हामी पनि भवन खोजीरहेका छौं, यो भन्दा ठूलो र सानदार…