महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छः सुन्दरमणि दिक्षित

काठमाण्डु – नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । आइतबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै दिक्षितले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र अध्यक्ष ठाकुर भएको बताए । त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखेका छन् ।…