खनाल–नेपाल समूहको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राजनीतिक प्रतिवेदन पेश भएको छ । बुधबारबाट सुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश भएको छ ।