सरकारले भारतसँग २० लाख डोज खोप खरिद गर्ने बाटो खोल्यो

काठमाण्डु – सरकारले भारतसँग २० लाख डोज कोरोना खोप खरिद गर्ने बाटो खोलेको छ ।  मन्त्रिपरिषद्को बैठकले भारतसँग प्रति भ्याक्सिन ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड भ्याक्सिन खरिदका लागि रकम उपलब्ध गराउने निर्णय गरेसँगै खोप खरिदका लागि बाटो खुलेको हो । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोभिसिल्ड खोप खरिद गर्न आवश्यक…