काठमाण्डु – निर्वाचन आयोगले सर्वदलीय छलफल गर्ने भएको छ । आयोगले आइतबार निर्वाचनबारे छलफल गर्न सबै राजनीतिक दललाई बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी वैशाखमा हुने निर्वाचनबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संसद विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते आम…