परराष्ट्रमन्त्रीको भारत भ्रमणः लिपुलेक र लिम्पियाधुराबारे छलफल गर्ने

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारत भ्रमणका क्रममा भारत र नेपालबीच रहेका सीमा विवादका विषय उठाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले सीमा विवादको विषयमा छलफल गर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री माघ १ गते भारत भ्रमणमा जाने जानकारी दिए । ‘सरकारले नेपाली भूभाग…