प्रधानमन्त्रीलाई प्रश्नः भेट्न खोज्दा आठ महिनासम्म समय नदिने अनि खबरै नगरि आउँदा स्वागतको आश गर्ने ?

काठमाण्डु – सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न विमानस्थल नगएपछि उनी आलोचित बनेका छन् । आफ्नो नेतृत्वको नेकपा प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शुक्रबार सुदुरपश्चिम पुगेका थिए ।पूर्वमाओवादी खेमाका मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा प्रधानमन्त्रीको स्वागतमा नगएपछि उनमा ‘राजनीति संस्कार नभएको’ भन्दै सर्वत्र आलोचना भइरहेको छ ।…