कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलगायतविरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने…