रामकुमारी झाँक्री काठमाण्डु अवतरण, पक्राउ गर्ने प्रहरीको तयारी

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरेको छ । गृहमन्त्रालयले झाँक्रीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ । गृहसचिव महेश्वर न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर रहेकी झाँक्री अहिले काठमाण्डु आइसकेकी छिन् ।…