काठमाण्डुमा जनता समाजवादी पार्टीको प्रर्दशन(फोटो)

काठमाण्डु – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । आइतबार जसपाले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गरेका छन् ।