काठमाण्डु - संयुक्त अरब इमिरेट्स (युएई)मा इरानको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। दूतावासका अनुसार उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे…