काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि हतार गर्न नहुने सुझाएका छन् । उनले नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्दा सिंगो पार्टीलाई नै गराउनुपर्नेमा जोड दिएका छन् । एकताबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को बुधबारदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेता श्रेष्ठले यस्तो बताएका हुन्…