काठमाण्डु – सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा अध्यक्ष उपस्थित नहुने भएपछि नेकपाको स्थायी कमिटीको बैठक स्थगित भएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएर अस्पताल भर्ना गरिएपछि प्रचण्ड पनि अस्पताल पुगेका छन् । आजको स्थायी कमिटी बैठकले दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्ने…