भारतले नेपाली भूमि फिर्ता नगरेसम्म दुई देशबीचको सम्बन्ध सुधार हुँदैनः ग्रेटर नेपाल

काठमाण्डु – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमणबारे विरोध जनाएको छ । बिहीबार ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले एक विज्ञप्ति जारी गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नगरेसम्म दुई देशबीचको सम्बन्ध सुधार नहुने बताएका छन् । २०१९ नोभेम्बर २ मा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको करिब चार सय वर्गकिलोमिटर नेपाली…