भक्तपुर - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै विकासमा लाग्न आग्रह गरेका छन् । उनले आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर विकासको गतिविधिबारे जानकारी लिइन् । “संविधानले स्थानीय पालिकालाई धेरै अधिकार र जनतासँग जोडिएर काम गर्ने अवसर दिएको छ । जनतासँग सरोकार रहेका र आफ्ना गाउँघरका समस्या…