काठमाण्डु – सरकार निर्माण तथा राजनीतिक नियुक्ति लगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । संघीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले…