काठमाण्डु – नेपाली कांग्रेसका पूर्व सांसद कौसर शाहसहित १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । उक्त कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी थिए ।