काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशबाट आएका नेताहरुसँग छुट्टाछुट्टै छलफल थालेका छन् । कर्णालीका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवाद केन्द्रसँगको समन्वयमा समाधान गर्ने तयारी भइरहेको छ । सोही विवाद मिलाउन अध्यक्षद्वय ओली…