काठमाण्डु–बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि प्रदर्शनकारीहरू उनको सरकारी निवास ‘गणभवन’ मा प्रवेश गरेर लुटपाट मच्चाएका छन् । उनीहरूले प्रधानमन्त्री निवासमा राखिएका सामानहरू लुटपाट गरेर बाहिर लगेका छन् । उनीहरूमध्ये केहीले प्रधानमन्त्री निवासबाट फर्निचर बोकेका थिए भने कोही सोफामा आराम गरिरहेका देखिएका छन् । गणभवनमा सोमबार ठूलो संख्यामा मानिस प्रवेश गरेका र विजयको प्रतीकका रूपमा…