काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वातावरण र तामाङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको…