कोशी र मधेशमा वर्षासँगै हुरीको सम्भावना

काठमाण्डु-मौसम पूर्वानुमान महाशाखाले आज मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्न सक्ने सम्भावना रहेको बताएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र…