काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपा कार्यदलले बुझाएको प्रतिवेदनलगायतका विषयमाथि छलफल गर्न बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेबाट बैठक सुरु भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको संयुक्त दस्तावेजबारे छलफल हुनेछ ।…