काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताए । उनले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको…