काठमाण्डु – सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा आवद्ध दलका नेताहरूलाई बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल गर्न मोर्चामा रहेका नेताहरूलाई बालुवाटार बोलाएका हुन् । उनले असार २८ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित…