मन्त्रिपरिषद्‍बाट निर्णय भइ प्रमाणीकरण नभएको राजदूत सिफारिस हेरफेर हुने

काठमाण्डु – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको ८ देशमा राजदूत सिफारिस गर्ने निर्णय हेरफेर हुने भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरे पनि प्रमाणित नभएकाले राजदूतको सूचीमा अब बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारले हेरफेर गर्ने निकटस्थ स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादीको सिफारिसमा मन्त्रिपरिषद्‍बाट सिफारिस भएका राजदूतको नाम हेरफेर गरिने भएको हो ।…