काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले राजनीतिक र नैतिक आधार गुमाएको बताएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको आरोप लगाएको छ । कांग्रेसले सरकारले कोरोना महामारीको जोखिम र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापनमा जुट्न नसकेको आरोप लगाएको छ…