काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । बजेट वर्षे अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको…