काठमाडौं– सत्तारुढ दल नेकपामा सरकारले अध्यादेश फिर्ता लिएपनि स्थायी समिति बैठक बोलाउन भने दबाव बढेको छ । सरकारले शुक्रवार दुई अध्यादेश फिर्ता लिएर राष्ट्रपतिले जारी गरेपनि नेकपाभित्र स्थायी समिति बैठक बोलाउने मुद्दा भने कायमै छ । सरकारले अध्यादेश ल्याएपछि स्थायी समितिका २० जना सदस्यहरुले तत्काल स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाउन माग गरेका थिए…