अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी फुटाउन सजिलो बनाउने गरि सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको पदाधिकारी बैठकमा सरकारले सोमबार जारी गरेका दुई अध्यादेश र पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा छलफल हुने कांग्रेस प्रवक्ता…