कांग्रेसले संसद अवरुद्ध नगर्ने, यस्ता छन् प्रतिनिधिसभा बैठकका एजेण्डा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने भएको छ । सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि मंगलबारको संसद बैठक सञ्चालन गर्न दिने भएको हो । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।…