वामदेवका लागि नेकपाः विधानदेखि संविधानसम्म संशोधन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई केन्द्रमा राखेर संविधान संशोधन प्रक्रिया अगाडि बढाइएसँगै सार्वजनिक बहस र विवाद चर्किएको छ । उपाध्यक्ष गौतमको इच्छा अनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको पहल भएका सूचना सचिवालय स्रोतबाट चुहिएका छन् । संविधान संशोधनका लागि भएका प्रयासको आधिकारिक पुष्टि नभएपनि पूर्व प्रधानमन्त्री तथा…