तीव्र विकासमार्फत जनतालाई सुख–सुविधा उपलब्ध गराउन लागिपरेका छौं : प्रधानमन्त्री ओली

रवीन्द्र काफ्ले यासोक – प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुख–सुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए । आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा…