काठमाडौं – सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले आपत्ति जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन् । ‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षा बोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु…