मेलम्चीको पानी असारमा काठमाडौं आउँछः मन्त्री मगर

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन् । उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा…