काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद चलाउन नसके कांग्रेसले संसद चलाउने बताएका छन् । बुधबार मोरङमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले हिउँदे अधिवेशन सुरु भएको महिनादिन वितिसक्दा पनि सभामुखको टुंगो लगाउन नसकेको भन्दै नेकपाले सभामुख टुंगो लगाउन नसके संसद चलाउने जिम्मा आफुहरुलाई दिन आग्रह गरे ।…