नुवाकोट – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाएका छन् । पञ्चकन्या गापा–२ कालिका माविमा आज आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले काँग्रेस नेता विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाउँदै सरकारले आफ्ना व्यक्तिले गरेको भ्रष्टाचारको भने ढाकछोप गर्ने गरेको…